हाम्रोबारे
नेपाल तमु (गुरुङ) विद्यार्थी छोंज धीं सम्पूर्ण गुरुङ विद्यार्थीहरुको छाता संगठन हो र तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषदको एक भातृ विद्यार्थी संगठन हो, जुन वि.स. २०५२ सालमा स्थापना भएको थियो।
यस संस्थाको मुख्य उद्देश्य गुरुङहरु को अधिकार र पहिचानको वकालत गर्नु हो। समावेशी, समतामूलक र लोकतान्त्रिक समाज निर्माण गर्नु यसको लक्ष्य हो।
यो एक गैर राजनीतिक, गैर नाफामुखी संस्था हो र नेपाल आदिवासी जनजाति विद्यार्थी महासंघको संस्थापक सदस्य पनि हो जुन नेपाल सरकारको नेपाल आदिवासी जनजाती उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन २०५९ अन्तर्गत सुचिकृत ५९ आदिवासी जनजाती सम्बद्ध विद्यार्थी हरुको राष्ट्रिय स्तर को एक स्वायत्त र एकमात्र प्रतिनिधि छाता संगठन हो।